शर्मिला र प्रकाशकाे तिज गीत ‘बेसारे माया’ सार्वजनिक
नेपालभ्युज
काठमाडौं । गायक प्रकाश कटुवाल र गायिका शर्मिला श्रेष्ठकाे तिज गीत ‘बेसारे माया’ सार्वजनिक भएको छ । जयप्राप्ति म्युजिक प्रालिकाे प्रस्तुति रहेको उक्त गीतमा शर्मिला श्रेष्ठ र प्रकाश कटुवालले स्वर दिएका छन् ।
अडियाे- इन हाउस क्रियसन रहेकाे गीतलाई मारूनी रेकर्डिङ स्टुडियोबाट मिक्सिङ गरिएको हो । गीतमा लय/शब्द प्रकाश कटुवालकै रहेकाे छ भने एरेन्ज – केशव बडुले गरेका छन् ।
गीतको भिडियोमा आयुष्मा कार्की, भीम एस.के र जनक एस.केले अभिनय गरेका छन् । भिडियोलाई जयराज भट्टले निर्देशन तथा निरेन श्रेष्ठले क्राेरियाेग्राफी गरेका छन् । यसैगरी, भिडियोमा मुकेश हुमागाईं छायांकन, राेशनको सम्पादन र कविता ताेलाङ्गीमको शृंगार रहेकाे छ ।
दर्शकको माया र प्रतिक्रियाको अपेक्षासहित ‘बेसारे माया’ गीतलाई शर्मिला श्रेष्ठको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
Facebook Comment
Comment