शर्मिला र प्रकाशकाे तिज गीत ‘बेसारे माया’ सार्वजनिक

नेपालभ्युज

शर्मिला र प्रकाशकाे तिज गीत ‘बेसारे माया’ सार्वजनिक

काठमाडौं । गायक प्रकाश कटुवाल र गायिका शर्मिला श्रेष्ठकाे तिज गीत ‘बेसारे माया’ सार्वजनिक भएको छ । जयप्राप्ति म्युजिक प्रालिकाे प्रस्तुति रहेको उक्त गीतमा  शर्मिला श्रेष्ठ र प्रकाश कटुवालले स्वर दिएका छन् ।

अडियाे- इन हाउस क्रियसन रहेकाे गीतलाई मारूनी रेकर्डिङ स्टुडियोबाट मिक्सिङ गरिएको हो । गीतमा लय/शब्द  प्रकाश कटुवालकै रहेकाे छ भने एरेन्ज – केशव बडुले गरेका छन् ।

गीतको भिडियोमा आयुष्मा कार्की, भीम एस.के र जनक एस.केले अभिनय गरेका छन् ।  भिडियोलाई जयराज भट्टले निर्देशन तथा निरेन श्रेष्ठले क्राेरियाेग्राफी गरेका छन् ।  यसैगरी, भिडियोमा मुकेश हुमागाईं छायांकन, राेशनको सम्पादन र कविता ताेलाङ्गीमको शृंगार रहेकाे छ ।

दर्शकको माया र प्रतिक्रियाको अपेक्षासहित ‘बेसारे माया’ गीतलाई शर्मिला श्रेष्ठको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved