नेप्सेमा २४ अंकको गिरावट, २ अर्ब ७३ करोडको कारोबार

नेपाल भ्युज

नेप्सेमा २४ अंकको गिरावट, २ अर्ब ७३ करोडको कारोबार

काठमाडौं। अघिल्लो दिन ५५ अंकले बढेको सेयर बजारमा दोस्रो दिन पुनः २४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो ।

यस्तै, मंगलबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले घट्दै ३९४.३९ अंकमा झरेको छ । १३ वटा उपसूचक मध्ये आज सबै उपसूचक ऋणात्मक (नेगेटिभ) भएका छन् । यद्यपि, कारोबार भने २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ ।

यस दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१८ प्रतिशतले घटेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक २.६८ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.६२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक १.७७ प्रतिशतले, निर्जीबन बीमा समूहको उपसूचक १.७१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.५५ प्रतिशतले माइक्रोफाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक १.९ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved