काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बञ्चरे डाँडाका प्रभावितले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधिसम्म आन्दोलन रोक्ने घोषणा गरेका हुन् ।
बञ्चरे डाँडा ल्याडफिल्ड साइट प्रभावीत क्षेत्र व्यवस्थापन सरोकार समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न ३ महिना समय मागेकाले आन्दोलन रोकेको जानकारी दिएको हो ।
समितिका संयोजक श्रीराम ढुंगानाले गत साउन २९ गते शहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र उक्त टोलीले तयार पारेको प्रतिवेदन अनुसार काम अघि बढाउने निर्णय गरेकाले आन्दोलनका कार्यक्रम हाललाई स्थागित गरिएको जानकारी दिए । उनले प्राविधिक टोलीले ३ महिनाभित्र तथ्यगत रिपोट तयार गर्ने र त्यसका आधारमा थप निर्णय गर्ने बताए ।
Facebook Comment
Comment