नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकरले भने- नेपाली ब्याट्सम्यानमा टेक्निकको अभाव छ 

नेपालभ्युज

नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकरले भने- नेपाली ब्याट्सम्यानमा टेक्निकको अभाव छ 

काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याट्सम्यानहरूमा गेम टेक्निकको अभाव देखेको बताएका छन् । यसमा सुधार गर्ने आफूसँग योजना रहेको, तर यसका लागि समय चाहिने उनले बताए ।

प्रभाकर शनिबार मात्र नेपाल आएका हुन् । नेपाल आएको भोलिपल्ट सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रभाकरले भने, ‘केएल राहुलले सही टेक्निकका साथ खेलेको र १०० रन बनाएको मैले देखेको छु । विराट कोहलीले टेक्निक प्रयोग गर्छन् र शतक बनाउँछन् । ट्वाटी–२० मा पावर गेम खेल्नुपर्दैन ।’

उनले अघि भने, ‘यदि, टेक्निक छ भने जुनसुकै फर्म्याटमा जुनसुकै बेला रन बनाउन सकिन्छ । अहिले नेपाली ब्याट्सम्यानहरूमा त्यही अभाव देखेको छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved