प्रश्नपत्र दोहोरिएको घटना छानविनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग

नेपालभ्युज

प्रश्नपत्र दोहोरिएको घटना छानविनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र हुबहु दोहोरिएको घटना छानविनका लगि गठित समितिले प्रतिवेदन नबुझाएकोमा आपत्ति जनाएको छ।

अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति निकालेर छानविनमा ढिलाई गरेर दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएकी छन्। विज्ञप्तिमा भनिएको छ, ‘एक महिना बितिसक्दा पनि घटना छानविन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छैन।  कतै प्राविधिक त्रुटी भन्दै दोषीलाई भित्रभित्रै उन्मुक्ति दिने षड्यन्त्र भैरहेको त छैन ?’ क्रान्तिकारीले छानविन समिति माथि नै छानविन गर्नु पर्ने डरलाग्दो अवस्था निर्माण हुन थालेको समेत जनाएको छ ।

व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाइएको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि अखिल क्रान्तिकारीले माग गरेको छ। प्रश्नपत्र हुबहु दोहोरिने क्रम देखिएपछि त्रिविले छानविन समिति बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved