मिडफिल्डर मनीष डाँगीलाई बहराइनी क्लब इत्तेहाद अल रेफले गर्‍यो अनुबन्ध

नेपालभ्युज

मिडफिल्डर मनीष डाँगीलाई बहराइनी क्लब इत्तेहाद अल रेफले गर्‍यो अनुबन्ध

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनीष डाँगीलाई बहराइनी क्लब इत्तेहाद अल रेफले अनुबन्ध गरेको छ। बहराइनको अमेच्याेर फुटबल क्लब इत्तेहादले मनीषलाई आगामी सिजनकाे लागि अनुबन्ध गरेको हो।

क्लबले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनलाई अनुबन्ध गरिएको जनाएको छ। मनीषले च्यानम्पियन मछिन्द्र एफसीबाट गत सिजन ए डिभिजन लिग खेलेका थिए। २० वर्षीय मनीषले २०२१ मे मा इराकविरुद्ध राष्ट्रिय टिमबाट डेब्यु गर्दै गाेलसमेत गरेका थिए।

दक्षिण काेरियामा फुटबल सिकेका उनले नेपालकाे यू-१९ र यू-२३ टिमबाट समेत खेलिसकेका छन्। यस्तै, विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग खेलेका थिए।

मनीषले नेपालका लागि १४ खेल खेल्दै २ गाेल गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved