राप्रपाकी कुन्ती काठमाडौं २ बाट चुनाव लड्ने

नेपालभ्युज

राप्रपाकी कुन्ती काठमाडौं २ बाट चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेल  संसदीय चुनाव लड्ने भएकी छन् ।

शनिबार  राप्रपाको बृहत् संगठन तथा पार्टी प्रवेश कार्यक्रममा पोखरेलले काठमाडौं २ बाट चुनाव लड्ने बताएकी हुन् । उनले भनिन, ‘काठमाडौ क्षेत्र नं २ बाट संसदीय चुनाव लड्दै छु, पार्टीको आशीर्वाद र पार्टीको एउटा विधिबाट म उम्मेदवारका रूपमा छानिएँ भने बहुमतका साथ क्षेत्र नम्बर दुईमा म जित्छु ।’

उनले महाधिवेशनमा नम्बर वान भोट ल्याएर जितेका कारण क्षेत्र नम्बर २ मा संसदीय चुनाव उठन पाऊँ भनी पार्टीमा अनुरोध गरेको बताईन् ।

उनले प्रचण्ड दिल्ली गएर नागरिकता विधेयक पास गरेकोमा आपत्ति जनाउँदै यसले ३ करोड नेपाली ६ करोड हुन कति पनि समय नलाग्ने  दावी गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved