बुकर पुरस्कार विजेता लेखक सलमान रुश्दीमाथि अमेरिकामा घातक आक्रमण

गम्भीर अवस्थामा उपचार भैरहेको न्यूयोर्कका गभर्नरको भनाई

रुश्दीको चौथो किताब द सैटेनिक वर्सेज़ विवादमा आएको थियो । यही उपन्यासका कारण उनीमाथि इस्लाम धर्मगुरुले ईशनिंदाको आरोप लगाए । ईरानका सर्वोच्च नेता अयातुल्ला खुमैनीले त रुश्दीविरुद्ध मृत्यु दण्डको फ़तवा नै जारी गरेका थिए । 

नेपालभ्युज

बुकर पुरस्कार विजेता लेखक सलमान रुश्दीमाथि अमेरिकामा घातक आक्रमण

काठमाडौं ।  बुकर पुरस्कार विजेता वरिष्ठ लेखक सलमान रुश्दीमाथि अमेरिकामा ज्यान मार्ने उदेश्यले आक्रमण भएको छ ।

द सैटेनिक वर्सेज का लेखक रुश्दीमाथि न्यूयोर्कमा चक्कुले आक्रमण भएको हो । उनलाई पछिल्लो केही वर्षयता ज्यान मार्ने धम्की आइरहेको थियो ।

न्यूयोर्कको चौटाउक्वा संस्थानमा आयोजित एक कार्यक्रममा भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको थियो । अनलाईनमा आएका भिडियोमा आक्रमणपछि मंचमा रहेका मानिस भागिरहेको देखिएको छ । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको बताइएको छ ।

न्यूयोर्ककी गवर्नर केथी होचुलका अनुसार सलमान रश्दीको अहिले गम्भीर अवस्थामा उपचार भैरहेको छ । उनी जीवितै रहेको गभर्नरले बताएकी छन् । उनलाई तत्कालै हेलीकोप्टरबाट स्थानीय अस्पतालमा लगिएको थियो । प्रहरीका अनुसार रुश्दीको गर्दनमा चक्कुले आक्रमण गरिएको थियो । आक्रमणकारी अहिले प्रहरीको हिरासतमा छ ।

कालो मास्क लगाएको एक व्यक्तिले छलाङ लगाएर स्टेजमा चढी रुश्दीमाथी आक्रमण गरेको थियो । तत्कालै सहभागीले आक्रमणकारीलाई समातेका थिए ।

त्यसपछि रुशदी करिब पाँच मिनेटसम्म जमिनमा लडेका थिए । उनको शरिरका विभिन्न स्थानमा चोट लागेको बताइएको छ ।

भारतीय मूलका यी लेखकलाई मिडनाइट चिल्ड्रेन नामक उपन्यासले चर्चित बनाएको थियो । यो उपन्यास बेलायतमा मात्रै १० लाख प्रति बिकेको थियो । रुश्दीको चौथो किताब द सैटेनिक वर्सेज़ विवादमा आएको थियो । यही उपन्यासका कारण उनीमाथि इस्लाम धर्मगुरुले ईशनिंदाको आरोप लगाए । ईरानका सर्वोच्च नेता अयातुल्ला खुमैनीले त रुश्दीविरुद्ध मृत्यु दण्डको फ़तवा नै जारी गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved