गठबन्धन  छलफल- सिट बाँडफाँडबारे विभिन्न मोडालिटीमा छलफल हुँदै

प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गरेर जाँदा सिट बाँडफाँडगर्ने विषयमा दलहरुबीच छलफल जारी छ। सिट बाँडफाँडको विभिन्न मोडालिटीको विषयमा कार्यदलमा छलफल भइरहेको छ। छलफलको लागि दलहरूले कार्यदल बनाएका छन्।

नेपालभ्युज

गठबन्धन  छलफल- सिट बाँडफाँडबारे विभिन्न मोडालिटीमा छलफल हुँदै

काठमाडौं। प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गरेर जाँदा सिट बाँडफाँडगर्ने विषयमा दलहरुबीच छलफल जारी छ। सिट बाँडफाँडको विभिन्न मोडालिटीको विषयमा कार्यदलमा छलफल भइरहेको छ। छलफलको लागि दलहरूले कार्यदल बनाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँडका विभिन्न मोडालिटीमा छलफल भइरहेको छ सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न सत्ता गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादीबाट नेताहरू वर्षमान पुन र देव गुरुङ छन्।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य  छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved