परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्किँदै

चीन पुगेको मन्त्री नारायण खड्का आज स्वदेश फर्कदैछन्। चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति चीन पुगका मन्त्री खड्का आज राति स्वदेश फर्किन लागेका हुन्।

नेपालभ्युज

परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्किँदै
फाइल तस्वीर।

काठमाडौं। चीन पुगेको मन्त्री नारायण खड्का आज स्वदेश फर्कदैछन्। चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति चीन पुगका मन्त्री खड्का आज राति स्वदेश फर्किन लागेका हुन्।

हिजो चीनको चिङ्दाओमा विभिन्न शीर्षकमा द्विपक्षीय वार्ता भएको छ।

वार्ताका क्रममा चीनले केरुङ–काठमाण्डौ‌ं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सामग्री लगायतका विभिन्न शीर्षकमा चीनले १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ।

चीनले काठमाडौँ चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै शुरु गर्ने नेपाली प्रतिनिधिमण्डललाई आश्वासन दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved