पाँचदिने जापान भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

नेपालभ्युज

पाँचदिने जापान भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने जापान भ्रमण सिध्याएर स्वदेश फर्किएका छन् । अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किएका हुन् ।

अध्यक्ष प्रचण्ड पाँचदिने भ्रमणका सिलसिलामा शुक्रबार राति जापान गएका थिए ।

अध्यक्ष प्रचण्ड नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका थिए । उनी त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भएका थिए । प्रचण्डले शनिबार जापानको फुकुओकामा नेपाल फेस्टिभलको समुद्घाटन समेत गरेका थिए भने आइतबार हिरोसिमाको पनि भ्रमण गरेका थिए ।

शनिबार हिरोसिमा घटना भएको ७५ बर्ष पूरा भएको थियो । अध्यक्ष प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ,अर्थमन्त्री जनार्दन शर्मा लगायतले स्वागत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved