म्युजिक नेपालले आईपीओ निष्कासन गर्दै

नेपालभ्युज

म्युजिक नेपालले आईपीओ निष्कासन गर्दै

काठमाडौं । नेपाली संगीतमा एउटा इतिहास बोकेको कम्पनी म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ ।

आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ । ‘जसले गर्दा भावी दिनमा यस कम्पनीसँग आबद्ध हुन सबै स्रष्टा, कलाकार र संगीतप्रेमीलाई नयाँ सम्भावनाको ढोका खुल्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved