छायाँकार विदुर पाण्डेको हृदयघातका कारण निधन

नेपालभ्युज

छायाँकार विदुर पाण्डेको हृदयघातका कारण निधन

काठमाडौं । छायाँकार विदुर पाण्डेको बुधबार निधन भएको छ । ५५ वर्षीय पाण्डेको बुधबार बिहान हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

३५ वर्षदेखि चलचित्र र संचार क्षेत्रमा सक्रिय पाण्डेले छायांकन गरेका थुप्रै चलचित्र दर्शकले मन पराएका थिए । नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’ पनि पाण्डेले छायांकन गरेका थिए । ‘स्वर’, ‘भुइँमान्छे’, ‘मेरो बेस्ट फ्रेन्ड’, ‘पण्डित बाजेको लौरी’, ‘जंग बहादुरको कोट’ लगायतका चलचित्र पनि पाण्डेले छायांकन गरेका थिए ।

कान्तिपुर र हिमालय टेलिभिजनमा पनि पाण्डेले विज्ञका रुपमा काम गरेका थिए। उनका श्रीमती र एक छोरा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved