केन्या र नेपालबीच हुने क्रिकेट सिरिजको तालिका र टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

नेपालभ्युज

केन्या र नेपालबीच हुने क्रिकेट सिरिजको तालिका र टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले केन्यामा खेल्ने टी २० र एक दिवसीय सिरिजको मिति सार्वजनिक गरेको छ । नेपालले केन्यासँग अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म ५ म्याचको टी २० र ३ म्याचको एक दिवसीय सिरिज खेल्ने तयारी गरेको छ । पहिलो टी २० अगष्ट २५ मा हुने छ भने दोस्रो टी २० अगष्ट २६ मा हुने छ ।

यसैगरी २७ तारिखमा रेष्ट डे राखिएको छ भने २८, २९ र ३० अगष्टमा लगातार ३ वटा टी २० आयोजना हुने छ । यस्तै एक दिवसीय सिरिजको रुपमा सेप्टेम्बर २ मा पहिलो खेल हुने छ ।

३ तारिखमा दोस्रो एक दिवसीय हुँदा पाँच सेप्टेम्बरमा तेस्रो एक दिवसीय सकिएपछि नेपाली टिम स्वदेश फिर्ता हुने छ ।

यही सिरिजबाट नेपाली टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले टिम सम्हाल्ने छन् । नेपाली टिमको तयारीका लागि उनी विहीबार नेपाल आइपुग्ने बताइएको छ ।

नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल रहेका छन् । यस्तै, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव रहेका छन् ।

ज्ञानेन्द्र मल्लको पुनरागमन भएको छ भने अर्जुनले पहिलो पटक मौका पाएका छन् ।  वैकल्पिकमा जितेन्द्र मुखिया, भीम सार्की, प्रतिस जीसी र हरिशंकर साह रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved