वैदेशिक लगानीको सीमा घटाउने तयारी सुरू

नेपालभ्युज

वैदेशिक लगानीको सीमा घटाउने तयारी सुरू

काठमाडौं । सरकारले वैदेशिक लगानीको सीमा घटाउने तयारी सुरु गरेको छ । सूचना तथा प्रविधि क्षेत्रलाई लक्षित गर्दै सरकारले  लगानीको सीमा घटाएर तयारी सुरु गरेको छ ।

यसअघिको ५ करोडभन्दा कम लगानी ल्याउन नपाइने व्यवस्था परिवर्तन गर्न लागेको उद्योग विभागले जानकारी दिएको छ । यसलाई घटाएर २ करोड रुपैयाँसम्म लगानी ल्याउन मिल्ने व्यवस्था गर्न लागेको हो ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले वैदेशिक लगानीको सीमा घटाउने तयारीमा लागेको बताए । यसअघि सरकारले नेपालमा ५ करोड रुपैयाँभन्दा कम विदेशी लगानी भित्र्याउन नपाउने व्यवस्था गरेको थियो ।

यसको विरोध भएपछि सरकारले सच्याउन लागेको हो । २०७६ साल जेठमा बसेको मन्त्रिपरिषद् बैठकले ५० लाख वैदेशिक लगानीको सीमा बढाएर ५ करोड पुर्‍याएको थियो । त्यसयता यो नीतिले सूचना तथा प्रविधि क्षेत्रलाई प्रभाव पारेको भन्दै व्यवसायीहरूले विरोध गर्दै आएका थिए ।

सूचना तथा प्रविधि क्षेत्रमा २ लाख अमेरिकी डलर (२ करोडभन्दा बढी)को लगानीले समेत काम सुरू गर्न सकिने उनीहरूको तर्क थियो ।

यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले समेत विदेशी लगानीको सीमा घटाउन माग गर्दै आएकोमा सरकारले सीमा घटाउने तयारी गरेपछि उनीहरूको मागसमेत पूरा हुने देखिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved