काठमाडौं । सांसद हृदयेश त्रिपाठीले तलब वृद्धिको विषयमा सुब्बा तहमा निजामती कर्मचारीको आन्दोलनबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले नायव सुब्बा तहका कर्मचारीहरूलाई १५ प्रतिशत, अधिकृत तहका कर्मचारीका लागि २४ देखि २६ प्रतिशत तलब वृद्धि हुनु असमान भएको र जसको कारण अहिले नायब सुब्बाहरू आन्दोलनमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले भने–‘जहाँ गहिरो उहीँ पानी भन्ने जस्तो हुनुभएन । जसलाई कम चाहिएको थियो उसलाई बढी दिने जसलाई बढी चाहिएको थियो उसलाई कम दिने गर्नुभएन यसबारेमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
संविधान जारीपछि सबैभन्दा पहिला निजामती सेवा ऐन रहेको उनले बताए । साढे दुई वर्ष लगाएर संसदीय समितिले पास गरेको विधेयक सरकारले फिर्ता लिनु दुःखद् भएको उनले बताए ।
Facebook Comment
Comment