पाण्डेको डकुमेन्ट्री ‘सहायक श्रीमान’ले अमेरिकामा जित्यो उत्कृष्ट अवार्ड

निर्देशक गणेश पाण्डेको डकुमेन्ट्री फिल्म सहायक श्रीमान ‘को-हजवेन्ट’ ले अमेरिकामा उत्कृष्ट अवार्ड जितेको छ ।

नेपालभ्युज

पाण्डेको डकुमेन्ट्री ‘सहायक श्रीमान’ले अमेरिकामा जित्यो उत्कृष्ट अवार्ड

काठमाडौं। निर्देशक गणेश पाण्डेको डकुमेन्ट्री फिल्म सहायक श्रीमान ‘को-हजवेन्ट’ ले अमेरिकामा उत्कृष्ट अवार्ड जितेको छ ।

अमेरिकाको एटलान्टामा भएको आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवलमा डकुमेन्ट्री फिल्म सहायक श्रीमान ‘को-हजबेण्ड’ले उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको हो । अवार्ड जितेपछि निर्देशक पाण्डेले खुसी व्यक्त गर्दै डकुमेन्ट्री निर्माण र अमेरिकामा सहभागि हुन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

यसअघि पनि यो डकुमेन्ट्रीले देश/विदेशमा विभिन्न अवार्ड जितिसकेको छ ।   डकुमेन्ट्रीले नेपालको बहुपति प्रथालाई विषयवस्तु बनाएको छ

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved