ज्वाइँले सासु र श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाए, दुबैको अवस्था गम्भीर

नेपालभ्युज

ज्वाइँले सासु र श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाए, दुबैको अवस्था गम्भीर
सांकेतिक तस्वीर

जलेश्वर । महोत्तरीको भंगहामा ज्वाइँले सासु र श्रीमतीलाई हत्या गर्ने उदेश्यले मट्टितेल खन्याएर आगो लगाएका छन् । जलेर गम्भीर भएका दुबैजनाको जनकपुरधाममा उपचार सम्भव नभएपछि काठमाडौं ल्याईदैछ ।

जिल्लाको भंगहा नगरपालिका-१ कञ्चजनवनमा घरायसी विवादमा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई शनिबार मध्यराति मट्टितेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । ६५ वर्षीया रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले आगो लगाएका हुन् ।

दुबैको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरेको प्रादेशिक अस्पतालले जनाएको छ । आगो लगाउने शंकर भागेका छन् । उनी वैदेशिक रोजगारबाट फर्केपछि एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved