प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा

नेपालभ्युज

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा

काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाएको छ ।

आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव गरेका थिए । त्यसलाई संसदको बहुमतले पारित गर्यो । सिफारिस समितिमा पठाउनुअघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरुले धारणा राखेका थिए ।

महाभियोगमाथि छलफलका क्रममा एमालेका सांसदहरूले लामो समयसम्म प्रस्तावमाथि छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए भने सत्तापक्षका सांसदहरूले भने महाभियोग प्रस्तावमा सत्ता र प्रतिपक्ष हुन नहुने भन्दै पारित गर्न आग्रह गरेका थिए ।

प्रधानन्यायाधीश जबरा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायालयको जगेर्ना गर्न असक्षम रहेको भन्दै ९८ जना सांसदले हस्ताक्षर गरेर महाभियोग दर्ता गरेका थिए ।

महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन् ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत वर्ष फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved