काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले संविधानानुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका क्रममा उनले न्यायालयमा बिचौलियाको राज बढाउने, भ्रष्टाचार बढाउने काम जबराबाट भएपछि उक्त प्रस्ताव ल्याउनुपरेको जिकिर गरिन् ।
उनले न्यायिक र नैतिक विचलन भएको व्यक्ति स्वतन्त्र न्यायालयमा बस्न नमिल्ने भएकाले यो प्रस्तावलाई सत्तापक्ष र प्रतिपक्षको आँखाले नहेरी सबैले समर्थन गर्नुपर्नेमा जोड दिइन् ।
“न्यायालयमा बिचौलियाको राज बढाउने, भ्रष्टाचार बढाउने काम जबराबाट भएको छ । बार एसोसिएसन र नागरिक समाज आन्दोलनमा उत्रिएकै हो । उहाँले सहज निकास दिएको भए हुन्थ्यो । तर, गर्नु भएन । अनि, हामीले महाअभियोग लगाएको हो,” उनले भनिन् ।
Facebook Comment
Comment