काठमाडौं । कास्कीकोटमा फिल्म स्टुडियो निर्माणबारे अध्ययन गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहितको टोली पोखरा पुगेको छ । ऐतिहासिक मानिने कास्कीकोटमा स्टुडियो बनाउने ठाउँको अवलोकनसमेत उनले गरे ।
शनिबार पोखरामा आयोजित कार्यक्रममा केसीले त्यहाँ स्टुडियो बनाउन बोर्डले अध्ययन थालेको बताए । शाहवंशको उद्गम थलो मानिने कास्कीकोटमा यसबारे अध्ययन गर्न केसी शुक्रबार त्यहाँ पुगेका थिए ।
हिमश्रृंखला, फेवाताल र पोखरा सहरको दृश्य सकिने भएकाले कास्कीकोटमा पर्यटकको घुइँचो लाग्छ । यसअघि त्यहाँ स्टुडियो बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले अवरोध गरेपछि अवरुद्ध भएको थियो ।
भुवन बोर्डको अध्यक्षमा नियुक्त भएपछि उनले कास्कीकोटमा स्टुडियो बनाउन पहल थालेका हुन् । पोखरामा आयोजित कार्यक्रममा बोल्दै केसीले आफ्नो कथा, आफ्नो सिनेमा अभियानको शुभारम्भ पनि गरे ।
पोखरा प्राकृतिक फिल्म स्टुडियो भएकाले पनि स्थायी स्टुडियो आवश्यक रहेको उनले बताए ।
Facebook Comment
Comment