नयाँ दिल्ली। पाकिस्तानका सेनापति कमर जावेद बाजवाले यूएई र साउदी अरबसँग ऋण सहयोग मागेका छन् । यसअघि आईएमएफको ऋणको लागि अमेरिकासँग सहयोग मागेका सेना प्रमुख बाजवाले यसपटक साउदी र यूएईसँग याचना गरेका भारतीय एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।
द एक्सप्रेस ट्रिब्युनका अनुसार पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यसअघिको आफ्नो भ्रमणका क्रममा साउदी र यूएईसँग ऋण सहयोग मागेका थिए तर ति देशले ऋण दिन आनाकानी गरिरहेका छन् ।
पाकिस्तानी सेना प्रमुखले साउदी र यूएईका अधिकारीसँग फोन वार्ता गरेर ऋण सहयोगको माग गरेका छन् । पाकिस्तानमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ । दाताले ऋण दिन छाडेका छन् ।
देश आर्थिक संकटतर्फ जान थालेपछि सरकारले विलासी वस्तु आयातमा कडाइ गरेको छ । एक मन्त्रीले त नागरिकलाई चिया कम पिउन आग्रह गरेका छन् ।
Facebook Comment
Comment