काेटेश्वरमा टिप्परमा माेटरसाइकल ठाेक्किँदा एक जनाको ज्यान गयो

नेपालभ्युज

काेटेश्वरमा टिप्परमा माेटरसाइकल ठाेक्किँदा एक जनाको ज्यान गयो

काठमाडौं। काठमाडौंको काेटेश्वरमा राेकिराखेकाे टिप्परमा माेटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते  भएका छन् ।

कोटेश्वरमा रोकिराखेको बा ३ ख ८०१६ नम्बरको टिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल ठोक्किँदा मकवानपुरको बकैया गाउँपालिका–४ घर भइ भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षकी भूमिका आलेमगरको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक भक्तपुरो नयाँठिमी बस्ने दोलखा वैत्येश्वर घर भएका प्रेम श्रेष्ठको उपचार भइरहेको प्रहरीले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved