इन्गेजमेन्ट तोडिन् गायिका मेलिना राईले प्रेमीसँग

चर्चित गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी छन्।

नेपालभ्युज

इन्गेजमेन्ट तोडिन् गायिका मेलिना राईले प्रेमीसँग

काठमाडौं। चर्चित गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी छन्।

मेलिनाले एरेन्जर तथा गिटारिस्ट बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन्। उनले आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जनाएकी छन्। उनले केही समय अगाडि आफ्नो इन्गेजमेन्ट गरेको कुरा सामाजिक सञ्जाल मार्फत नै घोषणा गरेकी थिइन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत यसबारेमा लामो स्ट्याटस लेखेर उनले इन्गेजमेन्ट तोडेको जानकारी सार्वजनिक गरेकी हुन्।

यी दुई जनाले गत वैशाखमा इन्गेजमेन्ट गरेका थिए। उनले सबै इन्गेजमेन्टहरू विवाहमा परिणत हुन नसक्ने पनि उल्लेख गरेकी छन्।

उनले इन्गेजमेन्ट तोडेको सम्बन्धमा लेखेको स्ट्याटस

विषय – इन्गेजमेन्ट तोडिएको जानकारी

केही समय अगाडी मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भविष्यमा सँगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो ।

समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामी बिच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो बिचारमा मेल खान सकेन । धेरै समीक्षा आत्मा समीक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

फेरि सबै इन्गेजमेन्टहरू विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यही सामाजिक सञ्जालमार्फत सार्बजनिक गर्दछु ।

यो बिचमा सम्पूर्ण शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भविष्यमा अझ मेहनत गरेर साङ्गीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved