लियो टल्सटायका दुई लघुकथा

दृष्टिविहीनले ती मानिसलाई जवाफ दिँदै भने, ‘यो लालटिन मैले आफ्नो लागि बोकिरहेको छुइनँ। तँजस्ता मानिसहरूका निम्ति जरुरी छ। कतै रातको अँध्यारोमा मसित ठोक्किएर मैले बोकिरहेको माटोमा गाग्री नगिरोस्।’

नेपालभ्युज

लियो टल्सटायका दुई लघुकथा

दृष्टिविहीनको लालटिन

अँध्यारो रातमा एक जना दृष्टिविहीन सडकमा हिँडिरहेका थिए। उनको हातमा एउटा लालटिन थियो र टाउकोमा माटोको गाग्री।

सडकमा हिँडिरहेका अर्का व्यक्तिले उनलाई सोधे, ‘अरे, मुर्ख ! तेरो निम्ति दिन र रात दुवै बरावरी हो। यो लालटिन तँलाई किन चाहियो ?’

दृष्टिविहीनले ती मानिसलाई जवाफ दिँदै भने, ‘यो लालटिन मैले आफ्नो लागि बोकिरहेको छुइनँ। तँजस्ता मानिसहरूका निम्ति जरुरी छ। कतै रातको अँध्यारोमा मसित ठोक्किएर मैले बोकिरहेको माटोमा गाग्री नगिरोस्।’

भारी

केही सेनाले शत्रुको इलाकामाथि हमला गरे। एक जना किसान भाग्दैभाग्दै आफ्नो खेतमा पुगे र आफ्नो घोडाको नजिकमा पुगे। किसानले घोडालाई समात्न खोजे। तर घोडालाई उनले कावुमा ल्याउन सकेनन्।

किसानले घोडालाई भने, ‘मुर्ख घोडा ! यदि तँ मसँग हिँडिनस् भने तँलाई शत्रुहरूले समात्छ र उनीहरूले नै लिएर जान्छन्।’

‘शत्रुले मलाई लगे भने के गर्छन् र ?’ घोडाले सोध्यो ।

‘तँलाई उनीहरूले धेरैभन्दा धेरै भारी बोकाउँछन्।’

‘के मैले तिम्रो भारीचाहिँ बोक्नु परिरहेको छैन र ?’ घोडाले भन्यो, ‘मलाई के फरक पर्छ र, म जसको भारी बोकुँ ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved