देशलाई जिताउन पनि अब एमालेलाई जिताउनै पर्छ : ओली

नेपालभ्युज

देशलाई जिताउन पनि अब एमालेलाई जिताउनै पर्छ : ओली

काठमाडाैं ।   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको राजनीतिक कार्यशालामा उनले आउँदो निर्वाचनका लागि फोकस भएर लाग्न निर्देशन दिए ।

ओलीले भने, ‘आउँदो चुनाव हामीले हार्नु हुँदैन, त्यसैले मङ्सिर ४ गतेको निर्वाचनलाई फोकस भएर चुनावको तयारीमा लाग्नुहोस्, चुनाव हार्दा पनि एमालेका लागि त केही छैन तर देशले हार्छ, त्यसैले देशलाई जिताउन पनि अब एमालेलाई जिताउनै पर्छ ।’

अध्यक्ष ओलीले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले सङ्गठित र इमान्दारी पूर्वक लागेमा एक्लै बहुमत प्राप्त गर्न सक्ने दाबी गर्दै पार्टीका नेता, कार्यकर्ताले इमान्दारी पूर्वक लाग्नु पर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved