जनताका मुद्दाहरु बोकेर छिट्टै सिंहदरबारको यात्रा तय गर्ने रवि लामिछानेको दाबी

नेपालभ्युज

जनताका मुद्दाहरु बोकेर छिट्टै सिंहदरबारको यात्रा तय गर्ने रवि लामिछानेको दाबी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताएका छन् ।  दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित भेलालाई शुक्रबार सम्बोधन गर्दै लामिछानेले  जनताका मुद्दाहरु बोकेर छिट्टै सिंहदरबारको यात्रा तय गर्ने बताएका हुन् ।

उनले नागरिकका समस्या ठूला दलहरुको मुद्दा बन्न नसकेको बताउँदै जनता आफ्नो मालिक भएको र  उनीहरुसँग जोडिएका समस्याहरु नै आफ्ना पार्टीको मुल मुद्दा भएको प्रष्ट पारे ।

उनले आफ्ना एजेण्डा अरु पार्टीका घोषण पत्र जस्तो नभएको र  आफुहरु  यसबाट  बिचलित नहुने बताए ।

उनले भने, ‘हेर्नुहोला, सुन्नुहोला, रेकर्ड गर्नुहोला, हामीले छिट्टै जनताको मुद्दाहरुमा टेकेर सिहदरबारको यात्रा तय गर्नेछौं ।’

अहिलेका दलहरुले देशमा भष्टाचार बढाउने र जनतालाई मुलुक भित्रै बस्नै नसकिने स्थिति सिर्जना गरेकोले त्यसको विकल्पमा आफ्नो पार्टी खडा भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved