नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग ५ खेलको टी–ट्वान्टी सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल र केन्याबिच सिरिज खेल्ने पक्का भएको बताएका छन्।

नेपालभ्युज

नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी सिरिज खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग ५ खेलको टी–ट्वान्टी सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल र केन्याबिच सिरिज खेल्ने पक्का भएको बताएका छन्।

यो सिरिज खेल्ने मिति भने तय भैसकेको छैन। खेलको मिति केही दिनका नै सार्वजनिक गर्ने चन्दले जानकारी गराएका छन्।

कुनै समय नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा पाइला चाल्दै गर्दा केन्या एशोसियट राष्ट्रमा सबैभन्दा शक्तिशाली टिम बनिसकेको थियो। सन् १९९६ देखि लगातार पाँच पटक एकदिवसीय क्रिकेट खेलेको केन्याको क्रिकेटको स्तर पछिल्लो समय भने निकै खस्किएको छ।

यो सिरिज नेपालले केन्यामा नै खेल्नेछ। यो सिरिजका लागि केन्याको क्रिकेट संघले नेपाललाई आमन्त्रण गरेको हो।

केन्या भ्रमण दौरान नेपालले अभ्यास स्वरूप तीन खेलको एकदिवसीय सिरिज पनि खेल्नेछ। यो सिरिजका लागि नेपाली टिम अगस्टको अन्तिम साता केन्या प्रस्थान गर्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved