प्रचण्ड आज जापान जाँदै

नेपालभ्युज

प्रचण्ड आज जापान जाँदै

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान प्रस्थान गर्दैछन् । पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको हो ।

‘आज राति १० बजे प्रचण्डज्यू जापान जाँदै हुनुहुन्छ । उहाँको जापान भ्रमणको सफलताको कामना गठबन्धन गरेको छ,’ बैठकपछि सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved