हिमालयन हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

नेपालभ्युज

हिमालयन हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं।  हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले आयोजना प्रभावितलाई निष्कासन गरेको ९ लाख कित्ता, सर्वसाधारणलाई निष्कासन गरेको १३ लाख ५० हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ८७ लाख कित्ता गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको सेयरलाई नेप्सेले न्यूनतम ७६ रुपैयाँ ३३ पैसा र अधिकतम २२८ रुपैयाँ ९९ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । त्यसअनुसार आइतबार देखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको सेयरलाई एचएचएल कारोबार संकेत प्रदान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved