‘भ्वाइस अफ नेपाल’ मा दीप र तृष्णा आउट, राजेशपायल र प्रविशा इन

नेपालभ्युज

‘भ्वाइस अफ नेपाल’ मा दीप र तृष्णा आउट, राजेशपायल र प्रविशा इन

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ ले चौथो सिजनका लागि प्रशिक्षक तथा निर्णायक परिवर्तन गरेको छ । तीनवटै सिजनदेखि मुख्य कोच रहँदै आएका दीप श्रेष्ठ र गतवर्ष कोच रहेकी तृष्णा गुरुङ यो सिजनमा भने रहने छैनन् ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने शोको हरेक सिजनमा एक महिला कोच परिवर्तन हुँदै आएकोमा आयोजकले यसपटक भने दुई जना कोच परिवर्तन गरेको हो ।

अबको एक महिनापछि प्रशारण हुन गईरहेको ‘द भ्वाइस अफ नेपाल’ को चौथो सिजनमा दीप श्रेष्ठ र तृष्णा गुरुङको सट्टामा गायक राजेश पायल राई र गायिका प्रविशा अधिकारी नयाँ प्रशिक्षकमा रूपमा भित्रिने भएका छन् । राजु लामा र प्रमोद खरेलले भने यथावत् नै रहनेछन् ।

‘द भ्वाइस अफ नेपाल’ सिजन चारको डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्ये १२० प्रतिभाशालीहरूले ब्लाइन्ड अडिसनको लागि तयारी गरिरहेका छन् । यसपटकको अडिसनमा भारत, थाइल्यान्ड, बर्मा, अस्ट्रेलिया र अमेरिकामा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरूको पनि सहभागिता रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved