‘अमेरिकन पाई’ फिल्म खेल्न २०० जना पुरुषसँग सुत्नुपर्‍यो : जेनिफर कुलिज

नेपालभ्युज

‘अमेरिकन पाई’ फिल्म खेल्न २०० जना पुरुषसँग सुत्नुपर्‍यो : जेनिफर कुलिज

काठमाडौं । हलिउड अभिनेत्री जेनिफर कुलिजले सन् १९९९ मा रिलिज भएको ‘अमेरिकन पाई’ फिल्ममा काम गर्दा आफूले २०० जना पुरुषसँग सुत्नुपरेको खुलासा गरेकी छन् ।

भेराइटी म्यागजिनले बिहीबार अभिनेत्री कुलिजमाथि गरेको  स्टोरीमा उनले यस्तो ‘कन्फेस्ड’ गरेकी हुन् । ‘लिगल्ली ब्लोन्ड र ह्वाइट लोटस’ फिल्मका कारण पनि उनी चर्चित छन् ।

तर, ६० वर्षीया अभिनेत्रीले आफूलाई ‘अमेरिकन पाई’बाट प्रसिद्धिभन्दा सन्तुष्टि मिलेको बताइन् । ‘मिल्फ चरित्रको रूपमा मैले अमेरिकन पाईमा धेरै यौन कार्यका भूमिकाहरू गरेँ । जसको लागि मैले २०० मानिससँग सुतेँ,’ उनले भनिन् ।

तर, हालैको फिल्म ‘ह्वाइट लोटस’ले अभिनेत्री कुलिजलाई एमी अवार्डको मनोनयन दिलायो । दोस्रो सिजनमा उनले बिना अडिसन मुख्य भूमिका निर्वाह गर्ने मौका पाएकी छन् । ‘मैले मेरो जीवनमा साँच्चिकै एउटा कुरा सही गरेकी छु,’ उनले भनिन्, ‘मैले राम्रा साथीहरू छानेकी छु ।

कुलिजले भेराइटीसँग गरेको यस्तो खुलासालाई बिहीबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखतासँग प्रकाशन, प्रसारण गरेका छन् । कुलिजको यस्तो खुलासाले हलिउडको विगतलाई प्रस्तुत गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved