टी-२० ब्याटिङ् वरियतामा सूर्यकुमारको छलाङ्, बाबर आजमको शीर्ष वरियता ‘जोखिममा’

सूर्यकुमार यादवको छलाङसँगै वरियताको पहिलो नम्बरमा रहेका पाकिस्तानका कप्तान बाबर आजमको वरियता गुम्ने खतरा बढेको छ ।

नेपालभ्युज

टी-२० ब्याटिङ् वरियतामा सूर्यकुमारको छलाङ्, बाबर आजमको शीर्ष वरियता ‘जोखिममा’

काठमाडौं।  भारतका उदीयमान ब्याटर सूर्यकुमार यादवले टी-२० को ब्याटिङ वरियतामा छलाङ् मारेका छन् । सूर्यकुमार यादवको छलाङसँगै वरियताको पहिलो नम्बरमा रहेका पाकिस्तानका कप्तान बाबर आजमको वरियता गुम्ने खतरा बढेको छ ।

यादव वेस्ट इन्डिजसँग चलिरहेको शृंखलाको दौरान भारतको लागि राम्रो लयमा रहेका छन् । आईसीसीले बुधबार गरेको वरियताको साप्ताहिक अपडेटमा यादवले तीन स्थान सुधार गरेर दोस्रो स्थानमा पुगेका छन् । यादव शीर्ष स्थानका बाबर आजम भन्दा जम्मा २ रेटिङ अंकले मात्रै पछि रहेका छन् । बाबरको ८ सय १८ र यादवको ८ सय १६ रेटिङ अंक रहेको छ।

सूर्यकुमार यादवले बाबरलाई उछिनेर टी-२० वरियताको शीर्ष स्थानमा पुगेमा यो दुर्लभ रेकर्ड हुनेछ । यादवले अहिले पाएको ८ सय १६ अंक विराट कोहली र केएल राहुल पछि कुनै भारतीयले हासिल गरेको तेस्रो उच्च अंक हो।

यादवले गत वर्षको सुरुमा मात्रै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए र गत महिना नटिङ्घममा इङ्ल्यान्ड विरुद्धको शतक र मंगलबार वेस्ट इन्डिज विरुद्धको स्टाइलिश अर्धशतकको पछाडि उनको वरियतामा द्रुत वृद्धि भएको हो।

क्यारेबियन भ्रमणमा यादव भारतका लागि चम्किलो प्रकाश बनेका छन् र पहिलो तीन खेलमा १ सय ६८ भन्दा बढीको स्ट्राइक रेटमा १ सय ११ रन बनाएका छन्। उनको आक्रामक ब्याटिङकै कारण ५ खेलके शृङ्खलामा भारतले २–१ ले अग्रता बनाएको छ ।

यादवको यस वर्षको अन्तमा हुने आईसीसी टी–२० विश्वकपका लागि अष्ट्रेलिया जाने सम्भावना पनि बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved