‘नेपालभ्युज’ को सम्पादकमा मधुसुदन पन्थी

नेपालभ्युज

‘नेपालभ्युज’ को सम्पादकमा मधुसुदन पन्थी

काठमाडौं। डिजिटल मिडिया हाउसद्वारा सञ्चालित ‘नेपालभ्युज डट कम’ को नयाँ सम्पादकमा मधुसुदन पन्थी नियुक्त भएका छन्।

पन्थी साढे दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय छन् । २०५३ सालमा बुटवलको दैनिक लुम्बिनीबाट पत्रकारिता शुरु गरेका उनले तिनाउ एफएम, अग्रगति साप्ताहिक, कान्तिपुर एफएम, समाचार दैनिक, हिमालय टेलिभिजनलगायत विभिन्न मिडियामा काम गरिसकेका छन् ।

समाचार शाखाको नेतृत्व सम्हाल्दै पन्थीले चुस्त टिम बनाएर विश्वसनीय र भरपर्दो माध्यमका रूपमा ‘नेपालभ्युज’लाई अघि बढाउने प्रतिबद्धता जनाए ।

डिजिटल हाउस प्रालिका अध्यक्ष कृति खतिवडाले पन्थीको नेतृत्वमा नेपालभ्युज डट कम उत्कृष्ट न्युज पोर्टल बन्ने विश्वास व्यक्त गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved