एनएमबी बैंकको एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आगमनमा

एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवर्धनलाई सहयोग पु¥याउने उद्देश्यले एटीएम सञ्चालनमा ल्याएको छ।

नेपालभ्युज

एनएमबी बैंकको एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आगमनमा

काठमाडौं। एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवर्धनलाई सहयोग पु¥याउने उद्देश्यले एटीएम सञ्चालनमा ल्याएको छ।

बैंकले यसअघिदेखी नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटीएम सञ्चालनमा ल्याइसकेको छ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो। एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved