काठमाडौं। कल्याण शेरचन स्मृति प्रतिष्ठाद्वारा पोखरामा आयोजना भएको राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझले जितेको छ । उपाधिका साथ साँझले नगद ६ लाख पुरस्कार समेत प्राप्त गर्यो ।
फाइनल प्रतिस्पर्धामा नगरकोटले दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गरेको थियो । प्रतियोगितामा दरबार दोहोरी साँझ दोस्रो, जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अस्ट्रेलिया तेस्रो भए । दोस्रो ४ लाख पुरस्कार पाउँदा तेस्रो बनेका दुवै टिमले प्रतिटिम डेढ लाख पाए ।
४५ टिम सहभागी प्रतियोगितामा उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित भए । अनुशासित टिम धवलागिरि दोहोरो साँझ ओशाका जापान बन्न सफल भए । नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले प्राप्त गरिन् ।
उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई नगद ५० हजारका दरले पुरस्कार दिइएको थियो । प्रतियोगितामा नवप्रतिभा प्रोत्साहन पुरस्कार समेत १० हजार राशिको रहेको थियो ।
Facebook Comment
Comment