युक्रेनबाट २६ हजार टन मकै बोकेको पानीजहाज लेबनानतर्फ हिँड्यो

रुससँगको महत्त्वपूर्ण सम्झौतापछि युक्रेनी बन्दरगाहबाट अन्न बोकेको पानीजहाज गन्तव्यतर्फ लागेको छ। टर्किये र युक्रेनका अधिकारीहरूका अनुसार सोमबार बिहान ओडेसाको दक्षिणी भेगबाट उक्त पानीजहाज छुटेको समाचार एजेन्सी एपीले जनाएको छ।

नेपालभ्युज

युक्रेनबाट २६ हजार टन मकै बोकेको पानीजहाज लेबनानतर्फ हिँड्यो

काठमाडौं। रुससँगको महत्त्वपूर्ण सम्झौतापछि युक्रेनी बन्दरगाहबाट अन्न बोकेको पानीजहाज गन्तव्यतर्फ लागेको छ। टर्किये र युक्रेनका अधिकारीहरूका अनुसार सोमबार बिहान ओडेसाको दक्षिणी भेगबाट उक्त पानीजहाज छुटेको समाचार एजेन्सी एपीले जनाएको छ।

गत जुलाई २२ मा इस्तानबुलमा भएको रुस र युक्रेनबीचको सम्झौतामा यु्क्रेनलाई २२ मिलियन टन अन्न तथा अन्य कृषिजन्य उत्पादन निर्यात गर्न दिने उल्लेख थियो।

रुसी आक्रमणपछि अन्नसहितका थुप्रै कार्गो जहाज कृष्ण सागरको बन्दरगाहहरूमा रोकिएका थिए। त्यस्तै उक्त सम्झौतामा रुसलाई पनि अन्न र मल निर्यात गर्न दिने सहमति भएको थियो।

फेब्रुअरीयता रुसले युक्रेनी बन्दरगाहमा प्रतिबन्ध लगाएको थियो। तर हालै दुई देशबीच सामुद्रिक आयात तथा निर्यात जारी राख्न महत्त्वपूर्ण सम्झौता भएको थियो। दुई देशबीचको सम्झौताले विश्वव्यापी खाद्यान्न संकटमा केही राहत हुने अपेक्षा गरिएको छ। साथै खाद्यान्नको मूल्यमा पनि केही गिरावट आउने अनुमान गरिएको छ।

सियरा लियोनमा दर्ता भएको रजोनी नाम गरेको उक्त कार्गो जहाज लेबनानमा रोकिनेछ। उक्त जहाजमा २६ हजार टन मकै रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। युक्रेनी पूर्वाधारमन्त्री अलेक्जेन्डर कुब्राकोभले ट्विटरमा रुसी आक्रमणपछि पहिलो पटक खाद्यान्नसहितको जहाज छुटेको बताएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved