करोडौँ रकम असुलेर बानेश्वर चोकैको सूर्योदय सहकारीका सञ्चालक फरार

सूर्योदय ज्योति सहकारीबाट ठगिने अधिकांश वर्कसप सञ्चालक मोटरपार्टस पसल सञ्चालक छन्। उनीहरूमध्ये धेरैको घर तराईमा छ। कतिपय बचतकर्ताहरू भारतका समेत छन्। उनीहरूले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका छन्।

नेपालभ्युज

करोडौँ रकम असुलेर बानेश्वर चोकैको सूर्योदय सहकारीका सञ्चालक फरार

काठमाडौं। बुद्धनगरमा ‘दीपेन्द्र वर्कसप’ नामको मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका प्रताप चौहान सूर्योदय ज्योति बचत तथा ऋण सहकारी संस्थामा बचत गर्थे। सहकारीको कार्यालय थियो काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि।
प्रतापले ‘वर्कसप’ मा हुने दैनिक आम्दानी काठमाडौं महानगरपालिका १० स्थित साेहि सूर्योदय ज्योति सहकारीमा जम्मा गर्थे।

दिनदिनै सहकारीबाट आउने ग्राहक प्रतिनिधिमार्फत प्रतापले लाखौँ रुपैयाँ रकम जम्मा गरिसकेका थिए। वर्कशपको भाडा, कर्मचारीलाई तलब तथा आफ्नोलागि घर खर्च टार्नको लागि पैसा झिक्न सहकारी कार्यालय गए। तर, सहकारीमा ताला लागेको रहेछ। थाहा भयो, बचतकर्ताको करोडौँ रुपैयाँ संकलन गरेर सहकारीका सञ्चालक तथा व्यवस्थापक भागिसकेका रहेछन्।

आफूले दिनरात नभनी मिहिनेत गरेर कमाएको लाखौँ रुपैयाँ लिएर सञ्चालक फरार भएको सुनेपछि प्रतापको होसहवास उड्यो। ‘‘दैनिक आम्दानी एकमुस्ट निकालौला भनेर सहकारीमा राखेको थिए। घर भाडादेखि कर्मचारीलाई तलब दिनुपर्नेछ। घर खर्च चलाउनुपर्ने छ। पैसा नै लिएर सहकारी भागेपछि अब के गर्नु’’ प्रतापको रोदन छ।

पीडित बचतकर्ताहरू

प्रताप मात्र होइन सूर्योदय ज्योति बचत तथा ऋण सहकारी संस्थामा बचत गरेका सयौँ बचतकर्ताको अवस्था यस्तै छ। सूर्योदय ज्योति सहकारीबाट ठगिने अधिकांश वर्कसप सञ्चालक मोटरपार्टस पसल सञ्चालक छन्। उनीहरूमध्ये धेरैको घर तराईमा छ।

कतिपय बचतकर्ताहरू भारतका समेत छन्। आफ्नो पैसा लिएर भागेपछि केही बचतकर्ताहरूले बानेश्वरस्थित सहकारी विभागको कार्यालयमा उजुरी गरेका छन्। उनीहरूले महानगरीय प्रहरी परिसर टेकुमा समेत उजुरी दिएका छन्।

सूर्योदय ज्योति सहकारीका सञ्चालक तथा व्यवस्थापक एक सातायता सञ्चालक फरार छन्। सञ्चालक तथा व्यवस्थापक फरार भए पनि सहकारीका केही कर्मचारी सम्पर्कमा छन्। सहकारीहरूको नियमन गर्ने जिम्मेवारी पाएको सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार सो सहकारीमा हालसम्म कारोबार कति थियो भन्ने विवरण प्राप्त भइसकेको छैन।

नयाँवानेश्वर संसद भवन पानी ट्याङ्की अघि घरमा भाडामा रहेको सो सहकारीले घर भाडा बापत १२ राख रुपैयाँ तिर्न बाँकी रहेको घरधनी बताउँछन्।

६ जना कर्मचारीलाई तीन महिनायता तलब समेत नदिइएको कर्मचारीहरू बताउँछन्। सहकारीमा दैनिक ३० हजार रुपैयाँ बढी पैसा जम्मा हुने गरेको कर्मचारी बताउँछन्। सकारीमा बचत गर्नेहरू बानेश्वर, बुद्धनगर तीनकुने, कोटेश्वर, नरेफाँटलगायत क्षेत्रका व्यापारीहरू छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved