मधेस प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज

नेपालभ्युज

मधेस प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज

काठमाडौं। मधेस प्रदेशमा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले धनुषाको जनकपुरधाममा सञ्चालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट पर्सा जिल्लाको वीरगन्जमा उद्योग विभाग स्थापना गर्ने र सिरहा जिल्लाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगञ्जमा १/१ वटा गरी तीनवटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णयसमेत गरिएको मधेस प्रदेश सरकारको प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

बैठक मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved