भारतसँग ८ गाेलले हारेपछि प्रशिक्षक केसी भन्छन – ‘खेलाडीलाई दाेष नदिनुहाेला, गल्ती मेराे हाे’

भारतसँग ८ गाेलले हारेको जिम्मेवारी आफूले लिने भन्दै प्रशिक्षक केसीले खेलाडीलाई दोष नदिन आग्रह गरेका छन् ।

नेपालभ्युज

भारतसँग ८ गाेलले हारेपछि प्रशिक्षक केसी भन्छन – ‘खेलाडीलाई दाेष नदिनुहाेला, गल्ती मेराे हाे’

काठमाडौं। २० वर्षमुनिकाे साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग ८-० गाेलले पराजित भयो । श्रीलंका र माल्दिभ्सलाई हराएको नेपाल भारतसँग ८ गाेलले पराजित हुँदा नेपाली टीम र प्रशिक्षक मेघराज केसीको आलोचना पनि भएको छ ।

भारतसँग ८ गाेलले हारेको जिम्मेवारी आफूले लिने भन्दै प्रशिक्षक केसीले खेलाडीलाई दोष नदिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा केसीले लेखेका छन्, “आज हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुखी छौं। टिमलाई सपोर्ट गर्नु भएकोमा सबै जनालाई धन्यवाद, खेलाडीमा अनुभवको कमी छ, तर उनीहरू प्रतिभाशाली छन् । खेलाडी र एन्फालाई दोष नदिनुहोला। यो मेरो गल्ती हो ।अब अर्को खेलका लागि दुई दिनको समय छ। मेरो फाइदाका लागि फुटबल डुबाउन सक्दिन, धन्यवाद।”

भारतसँगकाे फराकिलाे अन्तरको हारसँगै नेपालकाे फाइनल पुग्ने सम्भावना निकै कम भएको छ । नेपालले  अन्तिम खेलमा भोलि  मंगलबार शीर्ष स्थानको बंगलादेशसँग खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved