काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा छाएको हरियालीसँगै बजारमा पुन: उत्साह देखिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नै ५४ अंकले बढेको नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५४.५८ अंकले बढ्दै २१ सय ९५.१० अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ९.७२ अंकले बढ्दै ४१९.२० अंकमा उक्लिएको नेप्सेले जनाएको छ ।
१३ वटा उपसूचकमध्ये आज फाइनान्सबाहेक सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी निर्जीवन बिमा समूहको उपसूचक आज ४.५१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक १.६ प्रतिशतले घटेको छ ।
यस्तै, इन्भेस्टमेन्ट समूहको उसूचक ४.७६ प्रतिशतले, जीवन बिमा समूहको उपसूचक ४.१६ अंकले, ट्रेडिङ समूहको उपसूचक ३.६२ प्रतिशतले, अन्य समूहको उपसूचक ३.२६ प्रतिशतले, बैंकिङ समूह २.९२ प्रतिशतले, होटल तथा पर्यटन समूह २.७ प्रतिशलते बढेका छन् ।
उच्च अंकले बढेको बजारमा आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जनभन्दा बढी कम्पनीको मूल्यमा ६ प्रतिशत माथिले वृद्धि भएको छ ।
Facebook Comment
Comment