मुगुमा ट्याक्टर दुर्घटनामा परी १ को मृत्यु, ५ घाइते

नेपालभ्युज

मुगुमा ट्याक्टर दुर्घटनामा परी १ को मृत्यु, ५ घाइते

मुगु । मुगुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका १३ रुघाका  ३५ वर्षीय लोकेन्द्र लावड रहेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हीराबहादुर पाण्डेका अनुसार को छायाँनाथ रारा नगरपालिकामा भएको उक्त दुर्घटनामा परी अन्य पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।

आइतबार बिहान ८ः५० बजेतिर कर्णाली नदीबाट बालुवा लोड गरी बामतर्फ जाँदै गरेको लु‍. ४ त ७७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

७ जना सवार ट्याक्टर सडकबाट ५०/६० मिटर तल खसेको उनले बताए । घाइतेको जिल्ला अस्पताल ठिनी मुगुमा उपचार भइरहेको छ भने चालक फरार रहेको प्रहरीले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved