प्रेमगीत-३ को भारत प्रमोसन अभियान सुरु

नेपालभ्युज

प्रेमगीत-३ को भारत प्रमोसन अभियान सुरु

काठमाडौं । आगामी असोज ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र प्रेमगीत–३ ले महाराष्ट्रबाट भारतमा पनि प्रमोशन सुरु गरेको छ । चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले आगामी केही दिन भारतमा चलचित्रको प्रमोशन गरिने जानकारी दिए ।

चलचित्र प्रम गीत ३ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुनेछ। विश्वजितमको ट्रेलर प्रिमियर केही दिनमा नै सार्वजनिक गरिने निर्माता सेनले बताए । सेन र छेतन गुरुङको निर्देशन रहेको यो चलचित्र ‘प्रेमगीत’कै निरन्तरता हो।

प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई भारतमा अजय कपुर प्रोडक्सन र युएफओले वितरण गर्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved