बन्जी जम्प गर्ने ओलीको रहर !

नेपालभ्युज

बन्जी जम्प गर्ने ओलीको रहर !
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना राखेका छन् ।

शनिबार युवा संघले गरेको कार्यक्रममा उनले बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताए ।

“मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ” उनले भने, “तर, अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । डाक्टरलाई सोधेर जानुपर्छ.”

तर युवाले डाक्टरलाई नसोधी बन्जी जम्प गर्न सक्ने ओलीले बताए । युवाले साहसिक खेल, पर्वतारोहणजस्ता क्रियाकलापमा सहभागी हुनुपर्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved