काठमाडौं। नेसनल हाइड्रोपावर पौने २ करोड रुपैयाँले घाटामा रहेको देखिएको छ। कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा घाटा केही कम भएको छ।
अघिल्लो वर्ष कम्पनी २ करोड २१ लाख रुपैयाँले घाटामा रहेको थियो। गत वर्षसम्ममा यस्तो घाटा केहि कम भई १ करोड ७४ लाख रुपैयाँमा झरेको हो।
गत आर्थिक वर्षमा कम्पनीको आम्दानी बढेको छ। अघिल्लो वर्ष २ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष ४ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। अहिले कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न प्रकृया अघि बढाएको छ। जगेडामा १ करोड ७० लाख रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको जगेडा कोष ३५ करोड ५१ लाख रुपैयाँले ऋणात्मक थियो।
गत वर्ष कम्पनीले तल्लो इन्द्रावती जलविद्युत् निर्माणको लागि लाइसेन्स पाएको छ। उसले उक्त आयोजनाको निर्माण कार्य अघि बढाइसकेको छ।
गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीका प्रतिशेयर आम्दानी ८६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ९४ पैसा रहेको छ।
Facebook Comment
Comment