यु २० साफ- मालदिभ्सलाई हराउँदै बङ्गलादेश शीर्ष स्थानमा

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बङ्गलादेश मालदिभ्सलाई ४–१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।

नेपालभ्युज

यु २० साफ- मालदिभ्सलाई हराउँदै बङ्गलादेश शीर्ष स्थानमा

काठमाडौं। यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बङ्गलादेश र भारत विजयी भएका छन्। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बङ्गलादेश मालदिभ्सलाई ४–१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।

लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे। यता, माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काए।

जितसँगै तीन खेलबाट ९ अंक जोडेको बङ्गलादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, दुई खेल खेल्दा पनि अंक विहिन रहेको माल्दिभ्स तालिकाको चौथो स्थानमा छ।

यता, शुक्रबारै भएको पहिलो खेलमा भारतले पहिलो जित निकाल्ने क्रममा श्रीलङ्कालाई ४–० ले पराजित गरेको थियो। भारतसँग पराजित भएको श्रीलंका भने तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved