सुर्खेत। बाँके जिल्लाको मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईंले हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोप लागेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत चौलागाईंले प्रहरी हिरासतमा रहेकी एक महिलालाई बिहीबार राति बलात्कार गरेको आरोप लागेको हो।
बलात्कार गरेको आरोप लागेपछि असई चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा बोलाएर सोधपुछका लागि बोलाइएको छ।
राति असई चौलागाईंले मुद्दाबारे सोधपुछ गर्नु छ भन्दै महिलालाई हिरासतबाट निकालेर आफ्नो माथिल्लो कोठामा लगेको पीडित महिलाले बताएकी छन्।
ती महिला साउन ११ गते बहुविवाह गरेको कसुरमा पक्राउ परेकी बाँके प्रहरी प्रवक्ता डिएसी मधुसूदन न्यौपानेले बताए। ‘‘घटनाबारे सोधपुछ गर्न असईलाई जिल्ला प्रहरी ल्याएका छौँ। सोधपुछ भइरहेको छ’’ उनले भने, ‘‘अन्यायमा परेकी महिलालाई न्याय दिन्छौँ।’’
Facebook Comment
Comment