एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाइसक्यौं: परराष्ट्रमन्त्री खड्का

नेपालभ्युज

एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाइसक्यौं: परराष्ट्रमन्त्री खड्का

काठमाडौं । सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाईसकेको संसदमा जानकारी गराएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यसबारे जानकारी दिएका हुन् । अमेरिकी सरकारलाई साउन ९ गते नै एसपीपी अघि नबढाउने भन्दै परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाइसकेको उनले बताए ।

सरकारले यसअघि नै एसपीपीमा सहभागी नहुने निर्णय गरे पनि पत्राचारमा ढिलाई गरेपछि आलोचना भएको थियो । सत्तारुढ दलले नै यसबारे जवाफ मागिरहेका थिए । पत्राचारको विषयमा आन्तरिक परामर्श गर्नुपर्दा समय लागेको मन्त्री खड्काले जिकिर गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved