अछाममा श्रीमानले कुटपिट गर्दा श्रीमतीको ज्यान गयो

नेपालभ्युज

अछाममा श्रीमानले कुटपिट गर्दा श्रीमतीको ज्यान गयो
सांकेतिक तस्वीर।

काठमाडौं। श्रीमानले कुटपिट गर्दा अछाममा श्रीमतीको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको ज्यान गएको हो।

बिहीबार राति घरायसी विवाद हुँदा श्रीमान् ४८ वर्षीय पहेलु विकले कुटपिट गर्दा श्रीमती मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। कुटपिटबाट श्रीमतीको ज्यान गएपछि पहेलु विक फरार रहेका र उनको खोजी भइरहेको प्रहरी जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved